जेठसम्म ११ हजार ४६६ युनिट विद्युतीय सवारी साधन भित्रियो
जलसरोकार
काठमाडौं – नयाँ बजेटमा कर बढ्ने हल्लाले पछिल्लो महिना आयात बढ्दा ११ महिनामा कुल ११ हजार ४६६ युनिट विद्युतीय सवारी आयात भएको छ । वैशाखमा १ हजार ४०४ र जेठ महिनामा (जेठ १५ अघि) २ हजार ९६९ युनिट विद्युतीय कार आयात भएको हो । सरकारले विद्युतीय साधनमा कर बढाउने हल्लाले चाल् आर्थिक वर्षको पछिल्ला ४ महिनामा विद्युतीय सवारी साधानको आयत ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ११ महिना (जेठसम्म) कुल ११ हजार ४६६ युनिट विद्युतीय कार तथा भ्यान आयात भएको दखिन्छ । तीमध्ये पुस, माघ, वैशाख र जेठ ४ महिनामा मात्रै ६० प्रतिशत (६ हजार ८४६ युनिट) ईभी आयात भएका हुन् ।
भदौ, असोज र कात्तिक महिनामा कुल २ हजार ६७७ युनिट विद्युतीय साधन आयात भएको थियो । जस मध्ये भदौमा ७८८, असोजमा १२३७ र कार्तिकमा ६५२ युनिट मात्रै आयात भएको थियो ।
तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले बजेटको अर्धवार्षिक समीक्षा मार्फत ईभीमा कर बढाउने हल्ला फैलिएसँगै पुस र माघमा गरेर २ हजार ४७२ युनिट विद्युतीय कार र भ्यान आयात भएको थियो । जसमा पुसमा १ हजार ४२१ र माघमा १ हजार ५२ युनिट आयात भएको थियो । चालु आर्थिक वर्षमा सबैभन्दा कम गाडी साउनमा ११० युनिट, फागुनमा २७६ युनिट, चैतमा ६५८ युनिट र मंसिरमा ८९९ युनिट आयात भएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना