ललितपुरमा बिजुलीको पोलमा कार ठोक्कीदा तीन जना घाइते, सवारी आवागमन बन्द
जलसरोकार
काठमाडौं ः ललितपुरमा बिजुलीको पोलमा कार ठोक्कीदा तीन जना घाइते भएका छन् । ललितपुर प्रहरीका अनुसार सातदोबाटो–हात्तीवन ओरालोमा गएराति बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो । कारमा सवार तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बीएण्डबी अस्पताल पठाइएको छ ।
पोलमा कारको ठक्करबाट भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन नै बन्द गरिएको छ ।
११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरुसमेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ ।
प्रहरी स्रोतका अनुसार मापसे गरी सवारी चलाउँदा कार दुर्घटना भएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको देखिन्छ । दुर्घटनाको प्रकृति हेर्दा कार तीव्र गतिमा भएको अनुमान गर्न सकिन्छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो