सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दसैँमा नयाँ नोट साट्न छुट्टै मिति कुर्न नपर्ने, राष्ट्र बैंकले नियमित सेवाबाटै वितरण गर्ने

जलसरोकार
बिहीबार, असोज १५, २०८३ | ११:५६:०४ बजे

 

काठमाडौं : यसपालिको दसैँमा नयाँ तथा खुद्रा नोट साट्न नेपाल राष्ट्र बैंकले छुट्टै मिति तोक्ने भएको छैन। विगतमा दसैँलाई लक्षित गर्दै निश्चित समय तोकेर नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यसपटकदेखि नोट सटहीलाई नियमित सेवाकै रूपमा सञ्चालन गर्ने भएको हो।

राष्ट्र बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा खुद्रा नोट सटहीको सुविधा उपलब्ध गराउने जनाएको छ। राष्ट्र बैंकसँग पर्याप्त नयाँ नोट रहेकाले सेवाग्राहीको मागअनुसार नोट उपलब्ध गराउने तयारी गरिएको छ।

मागअनुसार नयाँ नोटले नपुगेको अवस्थामा भने सुकिला नोटसमेत वितरण गरिने राष्ट्र बैंकको योजना छ। यससँगै दसैँमा नयाँ नोट साट्न चाहने सेवाग्राहीले राष्ट्र बैंकले छुट्टै मिति तोक्ने वा विशेष सटही केन्द्र सञ्चालन हुने प्रतीक्षा गर्नुपर्ने छैन।

राष्ट्र बैंकको बैंकिङ काउन्टरबाट मात्र नभई बैंक तथा वित्तीय संस्थामार्फत पनि नयाँ तथा खुद्रा नोट वितरण भइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट नयाँ तथा खुद्रा नोट लिएर आफ्ना ग्राहकलाई उपलब्ध गराइरहेका छन्।

हाल राष्ट्र बैंकमा नोट सटही गर्न जाने सेवाग्राहीले दुई बन्डलसम्म नोट साट्न पाउने व्यवस्था छ। एउटा बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक–एक सय थान नोट हुन्छन्।

राष्ट्र बैंकका अनुसार व्यक्तिगत प्रयोजनका लागि नयाँ नोट उपलब्ध नहुन सक्ने अवस्था भए पनि व्यापारिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट सटहीको सुविधा उपलब्ध हुनेछ।

यसपालि दसैँका लागि नयाँ नोट लिन चाहनेले नियमित कार्यालय समयमा राष्ट्र बैंकको काउन्टरबाट नोट साट्न सक्नेछन्। यसका लागि छुट्टै मिति वा विशेष सटही कार्यक्रमको प्रतीक्षा गर्नुपर्ने छैन।

प्रकाशित मिति : बिहीबार, असोज १५, २०८३ | ११:५६:०४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया