ऊर्जा विधेयक ल्याउँदैमा आत्तिनुपर्दैन,समयअनुकूल संशोधन गर्नसकिन्छ : ऊर्जामन्त्री खड्का
जलसरोकार
काठमाडौं, : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विधेयक ल्याउँदैमा आत्तिनु नपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले कानुन मुलुकको आवश्यकताअनुसार बन्ने भएकाले डराउनुपर्ने कुनै कारण नरहेको बताए ।
“ऐन ल्याउन नहुने भन्ने कुरा गलत हो । छलफल गरेर संशोधनसहित अघि बढ्न सकिन्छ,” मन्त्री खड्काले स्पष्ट पारे ।
उनले ऊर्जा क्षेत्रमा स्पष्ट उद्देश्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै आरसीओडी को समस्या समाधानका लागि समिति गठन गरिएको जानकारी दिए । परियोजनाको अवस्था हेरेर आवश्यक परे समय थपिने निष्कर्षमा पुगिएको उनले बताए ।
भूमि प्राप्तिका समस्याबारे बोल्दै मन्त्री खड्काले “समस्या छ भने कानुन परिमार्जन गरेर अघि बढ्न सकिन्छ,” भने ।
ऊर्जा क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले आयोजनाहरूको आईपीओ रोक्न आवश्यक नरहेको र संवादबाट समाधान खोजिने बताए ।
मन्त्री खड्काले २८ हजार ५ सय मेगावाटको उत्पादन रोडम्याप कार्यान्वयन भएमा लाखौं नेपालीले यहीँ रोजगारी पाउने उल्लेख गरे । “विकास समयको माग हो, कसैले रोकेर रोकिन्न,” भन्दै उनले ऊर्जा क्षेत्रको विस्तारमा सरकारले सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना