ब्रोकरलाई मर्जरमा जान बाटो खुल्यो, बोर्डबाट पारित भयो निर्देशिका
जलसरोकार
काठमाडौं : ब्रोकर कम्पनीहरू मर्जर जाने बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को बुधबार बसेको बोर्ड बैठकले ब्रोकर मर्जरसम्बन्धी निर्देशिका पारित गरेको हो ।
‘सेबोनले तयार पारेको ब्रोकरहरुका लागि मर्जर तथा प्राप्ति निर्देशिका पारित भइरहेको छ । अबको केही दिनमा निर्देशिका जारी हुन्छ । त्यसपछि ब्रोकर कम्पनीहरू मर्जर तथा प्राप्तिमा जान सक्छन्’, सेबोन स्रोतले भन्यो ।
सेबोनले २०७९ सालमै नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना ब्रोकर कम्पनीहरूलाई तीन वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनको समय सीमा आउने असार मसान्तमा सकिँदै छ । चुक्ता पुँजी पु¥याउनका लागि अधिकांश ब्रोकर कम्पनीहरूले मर्जरको बाटो रोज्न खोजेको देखिन्छ ।
सेबोनले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी नगर्दा कम्पनीहरू मर्जरमा जान सकेका थिएनन् । अब उक्त निर्देशिका कार्यान्वयनमा आएपछि उनीहरूले मर्जरको प्रक्रिया अगाडी बढाउने छन् । त्यसबाहेक ब्रोकर कम्पनीहरूले पुँजी पु¥याउनका लागि बोनस शेयर तथा हकप्रद जारी गर्न पाउँछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य