आजदेखि लगातार चार दिन बन्द हुने भयो शेयर बजार
जलसरोकार
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अब लगातार चार दिन बन्द हुने भएको छ। आजदेखि सार्वजनिक बिदा र साप्ताहिक बिदा परेकाले शेयर कारोबार चार दिनसम्म प्रभावित हुने भएको हो।
आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले यसअघि नै उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
त्यसैगरी, भाेली जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पनि सार्वजनिक बिदा परेको छ।
यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा परेकाले शेयर बजार लगातार चार दिन बन्द रहने भएको हो।
लगातारको बिदापछि नेप्सेमा कारोबार जेठ १८ गते सोमबारदेखि पुनः सञ्चालन हुने छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य