६ कारोबार लगातार घटेको सेयर बजार सोमबार बढ्यो
जलसरोकार
काठमाडौं : अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ ।
बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमामा कायम भएको छ । कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११ ः १९ मा २५९३ अंकसम्म झरेको थियो । त्यसपछि बजारले समातेको बढ्दो गति अन्तिमसम्म कायमै रह्यो ।
चैत ३ यता कारोबार भएका ६ दिन बजार लगातार घटेको थियो । फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो ।
बजारको परिसूचक बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको करोडको भयो । २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो ।
यस दिन सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशत बढे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२ प्रतिशत बढ्यो ।
अपरहेवाखोला हाइड्रोपावरको ४.९२, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ तथा युनाइटेड मोदी हाइड्रोको २.९ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सिन्धु विकास उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य