दोहोरो अंकले बढ्यो सेयर बजार
जलसरोकार
काठमाडौं,: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ९२ करोडको सेयर कारोबार भएकोमा आइतबार ६ अर्ब २५ करोडको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३३ करोड रूपैयाँ वृद्धि भएको हो । आज ३२५ वटा धितोपत्रको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर किनबेच भएको हो ।
आइतबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ । यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य १८ हजार २९ रूपैयाँ कायम भएको छ । यस्तै, विन नेपाल लघुवित्तको मूल्य ९.०९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य तीन हजार तीन सय रूपैयाँ पुगेको छ।
आइतबार सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४७६ रूपैयाँ कायम भएको छ ।
यस्तै, एनआइसी एसिया सेलेक्ट फण्ड ३० को मूल्य ६.९३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य नौ रूपैयाँ २७ पैसामा झरेको छ । आइतबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १३९ रूपैयाँ ९० पैसामा २६ करोड ८५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.६६ प्रतिशत घटेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सुपर मादी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४७६ रूपैयाँमा २४ करोड ४५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको बढेको छ।
यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.५७ प्रतिशतले बढेको छ भने दोस्रोमा वित्त समूहको परिसूचक २.३२ प्रतिशतले बढेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य