सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो
जलसरोकार
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार २७.५४ अंकको वृद्धि आएको छ । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.३३ प्रतिशतले बढेर बन्द भएको हो । कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । यससँगै पछिल्लो दुई दिनमा नेप्से परिसूचक ७२ अंकको वृद्धि आएको छ ।
यसक्रममा सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक बढ्दा सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ ।
सोमबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यसबाहेक नेरुडे मिरमिरे लघुवित्त, बाराही हाइड्रोपावर र एनआईसी एसिया बैंकको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये ५ समूहमा गिरावट आएको छ । सोमबार वित्त समूह, जीवन बीमा समूह, उत्पादनमूलक समूह, लघुवित्त समूह र निर्जीवन बीमा समूहको सूचक घटेको हो । यसबाहेक बैंक, विकास बैंक, होटल तथा टुरिजम, जलविद्युत, लगानी, म्यूचुअल फण्ड, अन्य र व्यापार समूहको सूचक बढेको छ ।
आइतबार पनि नेप्सेमा उच्च अंकको वृद्धि आएको थियो । आइतबार नेप्से परिसूचक ४५ अंकले बढेर ५ अर्ब २५ करोडभन्दा माथिको कारोबार भएको थियो । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षापछि नेप्सेमा लगातार वृद्धि आइरहेको छ ।
साढे ४५ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब नाघ्यो
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना