१२ अंकले बढ्यो सेयर बजार, गोर्खाज फाइनान्समा झुम्मिए लगानीकर्ता
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारमा १२ अंकले बढेको छ । कारोबारको सुरुवात देखिनै ऋणात्मक रहेको बजार अन्तिम आधा घण्टा धनात्मक रहँदा १२.२९ अंकले उकालो लागको हो । बजार दोहोरो अंकले बढ्दा समग्र बजार परिसूचक १९८४.४३ मा उक्लिएको छ । आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको सेयर मूल्य घटेको छ ।
आइतबार २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । जसमा ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर ४७ हजार ११७ पटकमा खरिद बिक्री भएको छ ।
आज दोल्ती पावर, एनआइसी एशिया लघुवित्त, रुरु जलविद्युत्, माथिल्लो हेवाखोला, सर्वोत्तम सिमेन्ट उच्च कमाउने पाँच कम्पनीमा रहे । यस्तै पिपुल्स पावर, खानीखोला हाइड्रो, सूर्यज्योती लाइफ इन्स्योरेन्स, गुँरास लघुवित्त, गोर्खाज फाइनान्स सर्वाधिक गमाउने शीर्ष पाँच कम्पनी रहेका छन् ।
उपसूचक समूहतर्फ बैकिङ समूह र म्युचल फण्ड घट्दा बाँकी समूहसूचक बढेका छन् । तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि समग्र सेयर बजार बढ्दा पनि बैंकिङ सूचक घटेको छ । अधिकांश बैंकहरुको रिर्पोट नकारात्मक आएपछि बैकिङ इन्डेक्स ०.३४ अंक घटेको छ । यस्तै म्युचअल फण्ड ०.४३ अंक घटेको छ ।
जलविद्युत् समूहको सेयर आज १.१५ प्रतिशतले बढेको छ । जलविद्युत् तर्फ ७२ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना