सेयर बजार ८.२६ अंकले बढ्यो, परिसूचक १९७४.५० मा उक्लियो
जलसरोकार
काठमाडौं– साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक ८.२६ अंकले बढेको छ । आइतबार बजार परिसूचक ८.२६ अंक बढेर समग्र बजार परिसूचक १९७४.५० विन्दुमा उक्लिएको छ । बजार ८ अंकले बढ्दा १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको सेयर मूल्य घटेको छ । ८ अंकले बढेको बजारमा ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँ बराबरको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ४९ हजार ७६४ पटकमा खरिद बिक्री भएको छ ।
सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेर मूल्य प्रतिकित्ता १३७२.८० मा पुगेको छ । उन्नती सहकार्य, युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एशियान लाइफ इन्स्योरेन्स उच्च कमाउने पाँच कम्पनी रहेका छन् ।
बजार बढ्दा फाइनान्स समूह ०.८६ प्रतिशत, होटेल एण्ड टुरिजम २.४० प्रतिशत, तथा माइक्रो फाइनान्स समूह १.३५ प्रतिशतले घटेको छ भने बाँकी समूहको सेयर मूल्य बढेको छ ।
समूहगत सूचकतर्फ सबैभन्दा धेरै निर्जीवन बीमा समूह २.६४ प्रतिशतले बढेको छ । जलविद्युत समूह ०.१६ प्रतिशतले बढ्दा ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना