पाँच दिन लगातार झरेको सेयर बजार मंगलबार ६.५४ अंक बढ्यो
जलसरोकार
काठमाडौं: अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ ।
अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो ।
यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत बढ्यो । हाइड्रोपावर १.५७, लगानी ०.४८ तथा उत्पादन ०.०१ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै १.०५ प्रतिशत घट्यो ।
अन्य ०.०१, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०४, जीवन बीमा ०.०८, होटल तथा पर्यटन ०.४७, फाइनान्स ०.२९ तथा बैंकिङ ०.२० प्रतिशत घटे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स छन् । त्यस्तै सप्तकोशी विकास बैंकको ८.५, इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो ।
भूगोल इनर्जीको १० तथा उपकार लघुवित्तको मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमकाम आधारमा सीईडीबी होल्डिङ्स, न्यादी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य