सात दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंकले बढ्यो
जलसरोकार
काठमाडौं: अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । उक्त वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ ।
आज कारोबारका क्रममा १२ ः ४२ बजे बजार २७४५ अंकसम्म पुगेको थियो । बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २३ करोडको भयो ।
धेरैजसो सेक्टर बढेका छन् । बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशत बढे । माइक्रोफाइनान्स ०.२७ र विकास बैंक सेक्टर ०.३३ प्रतिशत घटे ।
पिपुल्स हाइड्रोपावरको मूल्य ९.७९ प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको ७.८९, दिव्यश्वरी हाइड्रोपावरको ७.६७, घलेम्दी हाइड्रोपावरको ६.७१ तथा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो ।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३१, ग्रीन डेभलपमेन्टको ३.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य