सेयर बजार ९ अंकले बढ्याे, साढे पाँच अर्बको कारोबार
जलसरोकार
काठमाडौं– साताको दोस्रो दिनको कारोबारमा सेयर बजार परिसूचक करिब ९ अंकले बढेको छ । सोमबारको कारोबारमा बजार ८.९० अंक बढेको हो । सोमबारको कारोबार पश्चात बजार २०८२.०९ विन्दुमा कायम छ । आजको कारोबारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
साताको दोस्रो दिनको कारोबारमा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर ७१ हजार ९४८ पटकमा खरिद बिक्री भएको छ । कुथेली बुखरी हाइड्रो पावर र त्रिशुली जलविद्युत् हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । पिपुल्स पावर, मोलुङ हाइड्रो पावर, सुपर माइ हाइड्रो पावर उच्च कमाउने शीर्ष स्थानमा रहे ।
आजको कारोबारमा विकास बैंक समूह ०.३६, फाइनान्स समूह १.२१ प्रतिशत, जलविद्युत् समूह २ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.१५ प्रतिशत, म्यानिफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ०.११ प्रतिशत, माइक्रो फाइनान्स समूह ०.६२ प्रतिशत तथा निर्जीवन बीमा समूह १.२८ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना