सेयर बजार ९ अंकले बढ्याे, साढे पाँच अर्बको कारोबार
जलसरोकार
काठमाडौं– साताको दोस्रो दिनको कारोबारमा सेयर बजार परिसूचक करिब ९ अंकले बढेको छ । सोमबारको कारोबारमा बजार ८.९० अंक बढेको हो । सोमबारको कारोबार पश्चात बजार २०८२.०९ विन्दुमा कायम छ । आजको कारोबारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
साताको दोस्रो दिनको कारोबारमा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार ७८२ रुपैयाँ बराबरको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर ७१ हजार ९४८ पटकमा खरिद बिक्री भएको छ । कुथेली बुखरी हाइड्रो पावर र त्रिशुली जलविद्युत् हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । पिपुल्स पावर, मोलुङ हाइड्रो पावर, सुपर माइ हाइड्रो पावर उच्च कमाउने शीर्ष स्थानमा रहे ।
आजको कारोबारमा विकास बैंक समूह ०.३६, फाइनान्स समूह १.२१ प्रतिशत, जलविद्युत् समूह २ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.१५ प्रतिशत, म्यानिफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ०.११ प्रतिशत, माइक्रो फाइनान्स समूह ०.६२ प्रतिशत तथा निर्जीवन बीमा समूह १.२८ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा