सेयर बजार ६ अंकले बढ्यो, ५ अर्ब ९० करोडको कारोबार
जलसरोकार
काठमाडौं– सेयर बजार साताको चौथो कारोबारमा पनि बढेको छ । बुधबारको कारोबार पश्चात बजार ६.३७ अंकले बढेको हो । अघिल्लो दिनको कारोबारमा ३३ अंकले बढेको बजार आज ६.३७ अंकले बढ्यो । कारोबार समय पश्चात बजार मापक २१२१.६२ बिन्दुमा कायम छ । आज ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ ।
अघिल्लो दिनभन्दा आज कारोबार रकम बढेको छ । आज ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ७४ हजार ८५८ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबारका दिन ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
सामान्य अंकले बजार बढ्दा समृद्धि फाइनान्स, मिड सोलु हाइड्रो, साधना लघुवित्त, ग्रीन लाइफ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । समूहगत उपसूचकतर्फ होटेल तथा पर्यटन ०.१८ प्रतिशत, हाइड्रो ०.६१ प्रतिशत, निर्जीवन बीमा समूह ०.४८ प्रतिशत तथा व्यापार समूह ०.३६ प्रतिशत घट्दा बाँकी समूहको सेयर मूल्य बढेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार