सेयर बजार ६ अंकले बढ्यो, ५ अर्ब ९० करोडको कारोबार
जलसरोकार
काठमाडौं– सेयर बजार साताको चौथो कारोबारमा पनि बढेको छ । बुधबारको कारोबार पश्चात बजार ६.३७ अंकले बढेको हो । अघिल्लो दिनको कारोबारमा ३३ अंकले बढेको बजार आज ६.३७ अंकले बढ्यो । कारोबार समय पश्चात बजार मापक २१२१.६२ बिन्दुमा कायम छ । आज ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ ।
अघिल्लो दिनभन्दा आज कारोबार रकम बढेको छ । आज ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ७४ हजार ८५८ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबारका दिन ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
सामान्य अंकले बजार बढ्दा समृद्धि फाइनान्स, मिड सोलु हाइड्रो, साधना लघुवित्त, ग्रीन लाइफ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । समूहगत उपसूचकतर्फ होटेल तथा पर्यटन ०.१८ प्रतिशत, हाइड्रो ०.६१ प्रतिशत, निर्जीवन बीमा समूह ०.४८ प्रतिशत तथा व्यापार समूह ०.३६ प्रतिशत घट्दा बाँकी समूहको सेयर मूल्य बढेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा