सेयर बजार ५.६० अंकले बढ्दा ४ अर्ब १८ करोडको सेयर कारोबार
जलसरोकार
काठमाडौं– साताको तेस्रो कारोबारमा सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार बजार परिसूचक ५.६० अंकले बढेको हो । बजार सामान्य अंकले बढ्दा बजार मापक २०७१.७७ विन्दूमा उक्लिएको छ । आज १५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ । साताको तेस्रो कारोबारमा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँ बराबरको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ६० हजार ८५८ पटकमा खरिद बिक्री भएको छ ।
सामान्य अंकले बढेको बजारमा ग्लोबल आइएमइ बैंकको डिबेन्चर र मकर जितुमाया सुरी हाइड्रोको १० प्रतिशतले बढेको छ । ङादी हाइड्रो, माथिल्लो सोलु हाइड्रो, चिर्खुवा हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा रहे । समूहगत परिसूचकमा विकास बैंक समूह ०.३२ प्रतिशत, होटेल एण्ड टुरिजम १.२१ प्रतिशत, हाइड्रो १.१८ प्रतिशत, इन्भेष्टमेन्ट १.७० प्रतिशत, लाइफ इन्स्योरेन्स ०.५५ प्रतिशत, म्यानिफ्याक्चरिङ एण्ड प्रोसेसिङ ०.३९ प्रतिशत, माइक्रो फाइनान्स समूह ०.३४ प्रतिशत, म्युचअल फण्ड ०.४२ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ । फाइनान्स समूह सूचक २.१५ प्रतिशत, बैंकिङ ५, निर्जीवन बीमा २३, अन्य ०.२ र व्यापार समूह ०.१८ प्रतिशत घटे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना