सेयर बजार ५.६० अंकले बढ्दा ४ अर्ब १८ करोडको सेयर कारोबार
जलसरोकार
काठमाडौं– साताको तेस्रो कारोबारमा सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार बजार परिसूचक ५.६० अंकले बढेको हो । बजार सामान्य अंकले बढ्दा बजार मापक २०७१.७७ विन्दूमा उक्लिएको छ । आज १५१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ । साताको तेस्रो कारोबारमा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँ बराबरको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ६० हजार ८५८ पटकमा खरिद बिक्री भएको छ ।
सामान्य अंकले बढेको बजारमा ग्लोबल आइएमइ बैंकको डिबेन्चर र मकर जितुमाया सुरी हाइड्रोको १० प्रतिशतले बढेको छ । ङादी हाइड्रो, माथिल्लो सोलु हाइड्रो, चिर्खुवा हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा रहे । समूहगत परिसूचकमा विकास बैंक समूह ०.३२ प्रतिशत, होटेल एण्ड टुरिजम १.२१ प्रतिशत, हाइड्रो १.१८ प्रतिशत, इन्भेष्टमेन्ट १.७० प्रतिशत, लाइफ इन्स्योरेन्स ०.५५ प्रतिशत, म्यानिफ्याक्चरिङ एण्ड प्रोसेसिङ ०.३९ प्रतिशत, माइक्रो फाइनान्स समूह ०.३४ प्रतिशत, म्युचअल फण्ड ०.४२ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ । फाइनान्स समूह सूचक २.१५ प्रतिशत, बैंकिङ ५, निर्जीवन बीमा २३, अन्य ०.२ र व्यापार समूह ०.१८ प्रतिशत घटे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा