सेयर बजार ४ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८९ करोड
जलसरोकार
काठमाडौं– साताको दोस्रो कारोबारका दिन सेयर बजार करिब ४ अंकले बढेको छ । अघिल्लो कारोबारमा २२ अंकले घटेको बजार सोमबारको कारोबारमा ३.९३ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार परिसूचक २११३.२७ मा उक्लिएको छ । सोमबारको कारोबारमा १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घटेको छ ।
बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँ बराबरको ९३ लाख ३० हजार २९५ कित्ता सेयर ५८ हजार ४८३ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिनको कारोबारमा ४ अर्ब ४४ करोड १५ लाखको सेयर खरिद बिक्री भएको थियो ।
आज मुक्तिनाथ कृषि कम्पनी तथा नेपाल वेयर हाउस कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो । यस्तै कालीञ्चोक दर्शन, पोखरा फाइनान्स, ग्लोबल आइएमइ म्युचल फण्ड उच्च कमाउने शीर्ष कम्पनीमा परे ।
समूहगत सूचकतर्फ बैंकिङ क्षेत्र ०.७४ प्रतिशत, होटेल एण्ड टुरिजम ०.४९ प्रतिशत, नन लाइफ इन्स्योरेन्स ०.२२ प्रतिशत घट्दा बाँकी समूहको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै लगानी समूहको सेयर मूल्य बढेको छ । आज लगानी समूह १.८० प्रतिशतले उकालो लाग्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा