सेयर बजार ४ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८९ करोड
जलसरोकार
काठमाडौं– साताको दोस्रो कारोबारका दिन सेयर बजार करिब ४ अंकले बढेको छ । अघिल्लो कारोबारमा २२ अंकले घटेको बजार सोमबारको कारोबारमा ३.९३ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार परिसूचक २११३.२७ मा उक्लिएको छ । सोमबारको कारोबारमा १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घटेको छ ।
बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४३ रुपैयाँ बराबरको ९३ लाख ३० हजार २९५ कित्ता सेयर ५८ हजार ४८३ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिनको कारोबारमा ४ अर्ब ४४ करोड १५ लाखको सेयर खरिद बिक्री भएको थियो ।
आज मुक्तिनाथ कृषि कम्पनी तथा नेपाल वेयर हाउस कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो । यस्तै कालीञ्चोक दर्शन, पोखरा फाइनान्स, ग्लोबल आइएमइ म्युचल फण्ड उच्च कमाउने शीर्ष कम्पनीमा परे ।
समूहगत सूचकतर्फ बैंकिङ क्षेत्र ०.७४ प्रतिशत, होटेल एण्ड टुरिजम ०.४९ प्रतिशत, नन लाइफ इन्स्योरेन्स ०.२२ प्रतिशत घट्दा बाँकी समूहको सेयर मूल्य बढेको छ । सबैभन्दा धेरै लगानी समूहको सेयर मूल्य बढेको छ । आज लगानी समूह १.८० प्रतिशतले उकालो लाग्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना