साताको तेस्रो कारोबारमा २४ अंक बढ्यो सेयर बजार
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेस्रो कारोबारका दिन करिब २४ अंक बढेको छ । मंगलबार बजार परिसूचक २३.९४ अंक बढेको हो । आजको कारोबार समय पश्चात बजार मापक परिसूचक २११५.९४ विन्दुमा उक्लिएको छ । आइतबार र सोमबार गरी ७२ अंक बढेको बजारमा मंगलबार पनि २४ अंक बढेसँगै तीन दिनमा बजार ९६ अंकले उकालो लागेको छ ।
मंगलबारको कारोबारमा १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४३ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारतर्फ आज ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११ रुपैयाँ बराबरको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ७३ हजार ६६७ पटकमा खरिद बिक्री भएको छ । जसमा ३१७ कम्पनी सामेल थिए ।
जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । बजार सकारात्मक रहँदा पनि साइन रेसुङ्गा विकास बैंक, भगवती हाइड्रोपावर, एनआइसी एशिया ग्रोथ फण्ड, रिभर फल्स पावर,मन्दु हाइड्रोपावरको सेयर मूल्य उच्च गुमाउने पाँच कम्पनीमा परे । समूहगत उपसूचकतर्फ विकास बैंक ०.२९ प्रतिशत र ट्रेडिङ इन्डेक्स ०.५३ प्रतिशतले घट्दा बाँकी समूह हरियो रह्यो । फाइनान्स समूह ३.५५ प्रतिशतले बढ्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना