सेयर बजार १६ अंकले बढ्यो, कारोबार रकममा भने कमी
जलसरोकार
काठमाडौं–साताको दोस्रो कारोबारका दिन सेयर बजार १६.२९ अङ्कले बढेको छ । बजार १६ अंकले बढेसँगै समग्र बजार परिसूचक २०५३.३८ को विन्दुमा कायम भएको छ । सोमबारको कारोबारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार ३ अर्ब ६० करोडको सेयर कारोबार भएको थियो। आज सबैभन्दा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सार्वधिक गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गसमाएका हुन् । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८ सय ७३ रूपैयाँमा झरेको छ। यस्तै सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा