सेयर बजार १६ अंकले बढ्यो, कारोबार रकममा भने कमी
जलसरोकार
काठमाडौं–साताको दोस्रो कारोबारका दिन सेयर बजार १६.२९ अङ्कले बढेको छ । बजार १६ अंकले बढेसँगै समग्र बजार परिसूचक २०५३.३८ को विन्दुमा कायम भएको छ । सोमबारको कारोबारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार ३ अर्ब ६० करोडको सेयर कारोबार भएको थियो। आज सबैभन्दा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सार्वधिक गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गसमाएका हुन् । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८ सय ७३ रूपैयाँमा झरेको छ। यस्तै सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ९.७४ प्रतिशतका दरले कमाएका हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना