सेयर बजार १५.७९ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार
जलसरोकार
काठमाडौं– सेयर बजार परिसूचक मंगलबार १५ अंकले बढेको छ । अघिल्लो कारोबारमा ४ अंकले घटेको बजार आज १५.७९ अंकले बढेको हो । यो सँगै बजार परिसूचक २१५२.१४ अंकमा उक्लिएको छ । बजार बढ्दा १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ ।
मंगलबार गणपति लघुवित्त तथा आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । बुद्धभूमि हाइड्रो नेपाल , युनिक नेपाल लघुवित्त, सबैको लघुवित्त, महिला लघुवित्त, सर्पोट माइक्रो फाइनान्स लगायतका कम्पनी उच्च कारोबार गर्नेमा कम्पनी परे ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर ६६ हजार ७१६ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबारका दिन ४ अर्ब ५६ करोडको सेयर खरिद बिक्री भएको थियो । उपसूचकतर्फ बैंकिङ समूह ०.५३ प्रतिशत, विकास बैंक २.४९ प्रतिशत, हाइड्रो ०.५२ प्रतिशत, लगानी ०.३६ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.२६ प्रतिशत, माइक्रो फाइनान्स ३.०६ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत, अन्य समूह ०.६६ प्रतिशत बढेको छ । यस्तै फाइनान्स समूह ०.१५ प्रतिशत, होटेल तथा पर्यटन ०.२८ प्रतिशत, व्यापार समूह ०.३१ प्रतिशत घट्दा म्युचल फण्ड स्थिर रह्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना