सेयर बजार १५.७९ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार
जलसरोकार
काठमाडौं– सेयर बजार परिसूचक मंगलबार १५ अंकले बढेको छ । अघिल्लो कारोबारमा ४ अंकले घटेको बजार आज १५.७९ अंकले बढेको हो । यो सँगै बजार परिसूचक २१५२.१४ अंकमा उक्लिएको छ । बजार बढ्दा १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ ।
मंगलबार गणपति लघुवित्त तथा आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । बुद्धभूमि हाइड्रो नेपाल , युनिक नेपाल लघुवित्त, सबैको लघुवित्त, महिला लघुवित्त, सर्पोट माइक्रो फाइनान्स लगायतका कम्पनी उच्च कारोबार गर्नेमा कम्पनी परे ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर ६६ हजार ७१६ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबारका दिन ४ अर्ब ५६ करोडको सेयर खरिद बिक्री भएको थियो । उपसूचकतर्फ बैंकिङ समूह ०.५३ प्रतिशत, विकास बैंक २.४९ प्रतिशत, हाइड्रो ०.५२ प्रतिशत, लगानी ०.३६ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.२६ प्रतिशत, माइक्रो फाइनान्स ३.०६ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत, अन्य समूह ०.६६ प्रतिशत बढेको छ । यस्तै फाइनान्स समूह ०.१५ प्रतिशत, होटेल तथा पर्यटन ०.२८ प्रतिशत, व्यापार समूह ०.३१ प्रतिशत घट्दा म्युचल फण्ड स्थिर रह्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड