साताको अन्तिम कारोबारका दिन १५ अंकले बढ्यो सेयर बजार, ६ अर्ब ४८ करोडको कारोबार
जलसरोकार
काठमाडौं– साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक १५ अंकले बढेर कारोबार बन्द भएको छ । बिहीबार १५.४६ अंकले बजार बढ्दा समग्र बजार परिसूचक २११९.६९ बिन्दुमा पुगेर बन्द भएको हो । अघिल्लो कारोबारका दिन ३ अंकले बढेको बजार आज भने दोहोरो अंकले बढेको हो ।
आजको कारोबारमा १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँगै कारोबार रकमपनि बढेको छ । आज ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रुपैयाँ बराबरको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता सेयर ८४ हजार १२६ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबारका दिन ५ अर्ब ८ करोड रुपैयाँ मात्रैको कारोबार भएको थियो।
साताको अन्तिम कारोबारका दिन आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस्तै समाज लघुवित्त पनि सर्किट लेभलमै पुगेको थियो।
यस्तै आजको कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सेयरमा सबैभन्दा धेरै कारोबार भएको छ। बुधबार पनि यही कम्पनीमा सर्वाधिक कारोबार भएको थियो।
यो हप्ताभर नै बैंकिङ समूहले बजार लिड गरेको छ। हप्ताभर बैंकिङ समूहको उपसूचक हरियो बन्यो। बिहीबार पनि यो समूहको ०.४८ प्रतिशतले सूचक बढेको छ। योबाहेक यो फाइनान्स समूहले सूचक बढाए पनि आज भने सूचकमा सामान्य करेक्सन देखिएको छ। बिहीबार फाइनान्स ०.५९ प्रतिशत र उत्पादनमूलक क्षेत्रको ०.१५ प्रतिशतले उपसूचक घट्दा बाँकी सबै समूहको उपसूचक बढेर हरियो छ।
समग्रमा यो हप्ता सेयरबजार राजीनितिक परिवर्तनको प्रभावमा रहन पुग्यो। एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने समाचार बाहिरिएसँगै नेप्से सूचकमा एकैदिन दुई पटकसम्म सकारात्मक सर्किट लाग्यो भने त्यसपछिको कारोबार दिनमा लगानीकर्ता संयमित बन्दा नेप्सेमा सामान्य अंकको वृद्धि देखियो। साताको पहिलो दिन नेप्से सूचक घटेर राताम्मे बनेको बजारले राजनीतिक परिवर्तनको सूचना पाएसँगै वृद्धिको बाटो लिएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार