सेयर बजार अन्तिम समयमा सम्हालियो
जलसरोकार
काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से अन्तिम एक मिनेटमा बढेको छ । अन्तिम समयमा बजार परिसूचक २.०६ अंक सकारात्मक रहेर बन्द भएको हो । २ अंकले बजार बाढ्दा परिसूचक १९६०.८१ मा उक्लिएको छ । सामान्य अंकले बजार बढ्दा १२० कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने ११ को स्थिर रह्यो । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब ८९ करोडको कारोबार भएकोमा आज २ अर्ब १४ करोडको सेयर खरिद बिक्री भएको छ । मंगलबारको कारोबारमा समूहगत रुपमा हेर्दा माइक्रोफाइनान्समा आकर्षण देखियो । सो समूह २.४३ प्रतिशत बढ्यो ।
व्यापार र फाइनान्स समूह १ प्रतिशत घटे । अंकका आधारमा माइक्रोफाइनान्स १००, विकास बैंक १२ र अन्य समूह ११ ले बढे । बैंकिङ ०.८६, फाइनान्स २१, होटल २, हाइड्रोपावर १०, जीवन बीमा ३०, उत्पादन ३५, निर्जीवन बीमा ०.३ र ब्यापार समूह २९ अंक घटे । हिमालयन लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । इनिफिनिटी लघुवित्तको ८.४, समताको ७.४, सबैको लघुवित्तको ७, आरम्भ चौतारीको ६.५ तथा साधुना लघुवित्तको ६.१ प्रतिशत मूल्य बढ्यो । त्यस्तै बोटलर्स नेपाल तराइको मूल्य सबैभन्दा धेरै ६.२ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ५.९, माउन्टेन हाइड्रो नेपालको ५.८, दोल्ती पावरको ५.१२ तथा नेपाल फाइनान्सको मूल्य ३.८५ प्रतिशत घट्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?