वर्षको पहिलो कारोबारमै सेयर बजारमा गिरावट
जलसरोकार
काठमाडौं– साताको पहिलो कारोबारको दिन सेयर बजार परिसूचक २.३५ अंक घटेको छ । वर्ष २०८१ को पहिलो कारोबारको दिन बजार परिसूचक २.३५ अंक घटेको हो । आइतबार सामान्य अंकले बजार घट्दा १२७ कम्पनीको सेयर मूल्य बढेका छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आइतबार ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । कुल ७७ लाख ९५ हजार ३३ कित्ता सेयर ५९ हजार ४२ पटकमा किनबेच भएका छ ।
सृजनशिल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । एनाआइसी एशिया लघुवित्त, दोल्ती पावर कम्पनी, राप्ती हाइड्रो, मिथिला लघुवित्त लगायतका कम्पनी उच्च कारोबार गर्ने कम्पनी रहेका छन् ।
समूहगत परिसूचकतर्फ फाइनान्स १.०४ प्रतिशत, हाइड्रो ०.३९ प्रतिशत, माइक्रोफाइनान्स १.९१ प्रतिशत बढ्दा बाँकी समूह सूचक घटेका छन् । जलविद्युत् समूह ०.३९ प्रतिशत बढ्दा ४८ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ४० कम्पनीका लगानी कर्ताले गुमाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना