मंगलबार सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट
जलसरोकार
काठमाडौं : मंगलबार सेयर बजारमा सामान्य अंकले घटेको छ । नेप्से ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकममा पनि गिरावट आएको छ ।
सोमबार पाँच अर्ब ६५ करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ३० करोडको कारोबार भएको हो । अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार मंगलबार थप ३.४४ घटेको छ । उक्त गिरावटपछि नेप्से परिसूचक २६६६ अंकमा कायम भएको छ ।
सूचीकृत कम्पनीको अन्तिम मूल्य गणनाका आधारमा नेप्से १.७३ अंकले बढेको थियो । तर भारित औसत मूल्य गणना हुँदा अघिल्लो दिनको तुलनामा ३.४४ अंक घट्न पुग्यो । दुई सातादेखि बजारमा कम्पनीको अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा सूचकहरू गणना हुँदै आएका छन् ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३० करोडको भयो । १२१ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव