मंगलबार सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट
जलसरोकार
काठमाडौं : मंगलबार सेयर बजारमा सामान्य अंकले घटेको छ । नेप्से ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकममा पनि गिरावट आएको छ ।
सोमबार पाँच अर्ब ६५ करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ३० करोडको कारोबार भएको हो । अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार मंगलबार थप ३.४४ घटेको छ । उक्त गिरावटपछि नेप्से परिसूचक २६६६ अंकमा कायम भएको छ ।
सूचीकृत कम्पनीको अन्तिम मूल्य गणनाका आधारमा नेप्से १.७३ अंकले बढेको थियो । तर भारित औसत मूल्य गणना हुँदा अघिल्लो दिनको तुलनामा ३.४४ अंक घट्न पुग्यो । दुई सातादेखि बजारमा कम्पनीको अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा सूचकहरू गणना हुँदै आएका छन् ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३० करोडको भयो । १२१ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य