साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घट्याे
जलसरोकार
काठमाडौं : साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । लगातार तीन कारोबार दिन बढेको बजार मंगलबार भने करेक्सनसहित ओरालो लागेको हो ।
यस दिन नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.१५ अंक, फ्लोट इण्डेक्स २.५५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ ।
बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३३८ वटा स्टकको ६२ हजार ५१२ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयर मूल्य १९५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको हो । अन्य बढेका कम्पनीहरूको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ ।
यता फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सर्वाधिक १२.४० प्रतिशतले घटेको छ । साथै कुमारी धनवृद्धि योजनाको इकाई मूल्य पनि ८ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । कम्पनीको १८ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १८ करोड रुपैयाँभन्दा बढी तथा रिडी पावर कम्पनी लिमिटेडको १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये मंगलबार केवल एक उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन् । म्युचुअल फण्ड उपसमूह सामान्य बढ्दा व्यापार उपसमूह सर्वाधिक २.३३ प्रतिशतले घटेको छ ।
त्यस्तै वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूह २ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् भने विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहमा पनि १ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो