सेयर बजार ९ अंकले घट्यो, ३ अर्ब ७० करोडको कारोबार
जलसरोकार
काठमाडौं – बुधबार सेयर बजारको परिसूचक नेप्से ९.५४ अंक घटेको छ । अघिल्लो दिन २८ अंक बढेको थियो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७० करोडमा खुम्चियो ।
६५ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ८ को स्थिर रह्यो ।उत्पादन समूह सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो भने विकास बैंक समूह सबैभन्दा धेरै ०.९६ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ ५, विकास बैंक ४०, फाइनान्स ८, होटल तथा पर्यटन ४१, हाइड्रोपावर १९, जीवन बीमा १९, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३७ र अन्य समूह १५ अंक घटे । ब्यापार समूह ३१ र उत्पादन समूह ८९ अंक बढे ।
उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपारको ६, बुद्धभूमि हाइड्रोपावरको ५.६, सुपरमाइ हाइड्रोपारको ४.४ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । ओरियन्टल होटलको ५.५, सीईडीबी हाइड्रोपावरको ४, तमोरको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा पिपुल्स पावर, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सोनापुर सिमेन्ट र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना