साताको अन्तिम दिन सात अंकले घट्यो सेयर बजार
जलसरोकार
काठमाडौं,: नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार ७.३३ अंकले घटेको छ । बुधबार २५८५.८६ अंकमा बन्द भएको बजार बिहीबार २५८८.६२ अंकमा झरेको हो ।
बुधबार जस्तै बिहीबार पनि फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा लगायत क्षेत्र रातो बनेपछि सेयर बजारमा गिरावट आएको हो ।
साताको अन्तिम कारोबार दिन जलविद्युत् ३, प्रशोधन उद्योग, म्युचुअल फन्ड र व्यापार उपसूचक मात्रै सीमान्त रूपमा बढेका छन् ।
फाइनान्स कम्पनीमध्ये पोखरा र जानकी फाइनान्समा नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स फाइनान्सको सेयर पनि करिब ८ प्रतिशतले घटेको छ । त्यसबाहेक खानीखोला जलविद्युत३ कम्पनीको सेयर पनि ९ प्रतिशतले घटेको छ ।
समग्र बजार घट्दा पनि चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल, विन नेपाल लघुवित्त, मन्दाकिनी जलविद्युत् र अपर हेवाखोला जलविद्युत् सेयर १० प्रतिशतले बढेको छ ।
कारोबार रकमका हिसाबले भने सिन्धु विकास बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ भने यसलाई एनआरएन र सानिमा मिडल तमोरले पछ्याएका छन् ।
बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सामान्य वृद्धि भएर ५ अर्ब ९३ करोड पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार