५ अंकले घट्यो सेयरबजार, ४ अर्ब बढीको कारोबार
जलसरोकार
काठमाडौं–साताको पहिलो कारोबार दिन सेयरबजार ५ अंकले घटेको छ। आइतबारको कारोबारमा सेयर बजार परिसूचक ५.३७ अंकले घटेको हो । बजार घटे पनि ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँ बराबरका ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर खरिद बिक्री भएको छ ।
आज फाइनान्सहरुको उच्च कारोबार भएको छ। पोखरा फाइनान्सको मात्र १७ करोड १३ लाख, नेपाल फाइनान्सको १३ करोड ५८ लाख, रिलायन्स फाइनान्सको १३ करोड १६ लाख र माउन्टेन इनर्जीको ११ करोडको कारोबार भएको छ।
सूचक घटेर २०६२ विन्दुमा पुगेको दिन ७८ कम्पनीको सेयर बढे पनि १६४ कम्पनीको घटेको र ५ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज रिलायन्स फाइनान्स, गणपति लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनी र साधना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ।
यी कम्पनीका लगानीकर्ताले क्रमशः ४०.५०, १३१.५०, ५४ र १२३.७० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। आजको कारोबारमा लगानीकर्ताले ६.५८ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ।
आज तीन सय १७ कम्पनीको ९५ लाख ६१ हजार सात सय २७ कित्ता सेयर ६१ हजार पाँच सय १३ पटक खरिद बिक्री हुँदा रु चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ बराबरको कारोबार भएको छ । आज वित्त समूह पाँच दशमलव ४९ र अन्य समूह शून्य दशमलव २५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव २३ र होटल तथा पर्यटन समूह एक दशमलव १० प्रतिशतले घटेको छ ।
रिलायन्स फाइनान्स लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६ दशमलव ५८ र सनराईज ब्लुचिप फन्डको सेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको रु १७ करोड १३ लाख ५२ हजार तीन सय ९१ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिलायन्स फाइनान्स लिमिटेडको तीन लाख नौ हजार चार सय ४३ कित्ता सेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार