बजेटपछिका २ कारोबारमा ४४ अंक घट्यो सेयर बजार
जलसरोकार
काठमाडौं– बजेटपछि घट्न सुरु गरेको सेयर बजार आज पनि कायम रह्यो । साताको अन्तिम कारोबारका दिन बिहीबार बजार करिब २० अंकले बढेको छ । अघिल्लो कारोबारको दिन २४ अंकले घटेको बजार आज १९.८९ अंकले घटेको हो ।
आजको कारोबारमा १९.८९ अंकले बजार घट्दा बजार मापक परिसूचक २०६९.५३ मा झरेको छ । बजार घट्दा कारोबार भएका ७० कम्पनीको सेयर मूल्य घटेको छ भने १७३ कम्पनीको सेयर मूल्य बढेको छ ।
आज ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रुपैयाँ बराबरको सेयर ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ६१ हजार ७२ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबारको दिन आजको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ६३ हजार ८० पटकमा खरिद बिक्री भएको थिय । नेपाल फाइनान्स लिमिटेड, अपर लोहोरे खोला जलविद्युत्, भगवती हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । उप–सूचकतर्फ फाइनान्स समूह ०.१५ प्रतिशत,जलविद्युत् ०.४९ प्रतिशत,म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ १.२३ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना