सेयर बजार ११ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५ करोड
जलसरोकार
काठमाडौं– साताको चौथो कारोबारमा सेयर बजार परिसूचक ११ अंकले घटेको छ । बजार परिसूचक बुधबार ११.६० अंकले घटेको हो । आजको कारोबारसँगै बजार मापक २०६०.१६ विन्दूमा कायम भएको छ ।
आज ५७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ ।
आज ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७३४ रुपैयाँ बराबरको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ५४ हजार ७९३ पटकमा खरिद बिक्री भएको छ । जसमा ३०५ कम्पनीको सेयर ५४ हजार ७९३ पटकमा खरिद बिक्री भयो । बजार घटेपनि नेपाल फाइनान्स लिमिटेड, शिभ श्री हाइड्रोपावर, गणपति लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, स्वभिमान लघुवित्त शीर्ष कम्पनी कमाउने कम्पनी रहे । बजार ११ अंकले घट्दा फाइनान्स समूह र म्युचअल फण्ड समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना