सेयर बजार १७ अंकले घट्यो, परिसूचक २०९५ मा झर्यो
जलसरोकार
काठमाडौं– साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक १७ अंकले घटेको छ । साताको पहिलो कारोबारको दिन बजार १७.०४ अंकले घटेको हो । बजार घटेसँगै परिसूचक २०९५.२५ मा कायम छ ।
आज ६४ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको सेयर मूल्य घटेको छ । साताको पहिलो कारोबारमा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ७१ हजार ९९७ पटकमा खरिद बिक्री भएको छ ।
बजार घटेपनि नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त, शिभ श्री हाइड्रो, कुथेली बुखरी हाइड्रो, दिव्यश्वरी हाइड्रोको सेयर उच्च कारोबार कम्पनीको शीर्ष स्थानमा रहे ।
बजारसँगै अधिकांश समूहगत परिसूचक राताम्मे देखिए । होटेल एण्ड टुरिजम सेक्टर ०.०४ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा