सेयर बजार १७ अंकले घट्यो, परिसूचक २०९५ मा झर्यो
जलसरोकार
काठमाडौं– साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक १७ अंकले घटेको छ । साताको पहिलो कारोबारको दिन बजार १७.०४ अंकले घटेको हो । बजार घटेसँगै परिसूचक २०९५.२५ मा कायम छ ।
आज ६४ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको सेयर मूल्य घटेको छ । साताको पहिलो कारोबारमा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ७१ हजार ९९७ पटकमा खरिद बिक्री भएको छ ।
बजार घटेपनि नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त, शिभ श्री हाइड्रो, कुथेली बुखरी हाइड्रो, दिव्यश्वरी हाइड्रोको सेयर उच्च कारोबार कम्पनीको शीर्ष स्थानमा रहे ।
बजारसँगै अधिकांश समूहगत परिसूचक राताम्मे देखिए । होटेल एण्ड टुरिजम सेक्टर ०.०४ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना