सेयर बजार साताको पहिलो कारोबारमा १५ अंकले घट्यो
जलसरोकार
काठमाडौं– साताको पहिलो कारोबारको दिन सेयर बजार परिसूचक करिब १५ अंकले घटेको छ । आइतबारको दिन बजार अघिल्लो दिन भन्दा १४.८३ अंकले घटेको हो । आज विभिन्न तीन सय २० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता सेयर ५० हजार नौ सय ५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ३४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ७०, विकास बैङ्क शून्य दशमलव ८०, होटल तथा पर्यटन शून्य दशमलव ४०, जलविद्युत् एक दशमलव ०६ र लगानी समूह शून्य दशमलव ६६ प्रतिशतले घटेको छ ।
त्यसैगरी, जीवन बीमा समूह शून्य दशमलव ४५, लघुवित्त एक दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २८, व्यापार शून्य दशमलव ३१ र अन्य समूह शून्य दशमलव ९५ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य सात दशमलव ०६ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य पाँच दशमलव ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १२ करोड ८८ लाख ७४ हजार एक सय ५४ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार दुई सय १० कित्ता सेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ