रोकिएन सेयर बजार घट्नेक्रम, सबै परिसूचक राताम्मे
जलसरोकार
काठमाडौं– निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार १९.५६ अंकको गिरावट देखिएको छ । साताको सुरुवातदेखि नै घट्ना थालको बजार परिसूचक अन्त्यसम्म कायम रह्यो । मंगलबारको कारोबारमा १४ अंक घटेर २ हजार मुनि पुगेको परिसूचक बुधबार राम नवमीका कारण बिदा रहेको थियो । बिहीबार कारोबारको सुरुवातबाटै ओरोला लागेको बजार परिसूचक बिहीबार १९.५६ अंक घटेर १९७२.१४ मा झरेको छ । ०.९८ प्रतिशतले बजार घट्दा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ कम्पनीको सेयर मूल्य घटेको छ ।
बजार १९ अंकले घट्दा खानीखोला जलविद्युत्, पोखरा फाइनान्स, एनआइसी एशिया ग्रोथ फण्ड, मध्य भोटेकोसी जलविद्युत् कम्पनी, पिपुल्स फाइनान्स लिमिटेड उच्च कमाउने पाँच कम्पनीमा परेका छन् । संस्थापक सेयरको लकइन पिरियड सकिएपछि रुरु जलविद्युतको सेयरमा नकारात्मक सर्किट लागेको छ । यस्तै गोर्खाज फाइनान्स, सिभिल बैंक डिबेन्चर, सिवाइसी नेपाल लघुवित्त, एसबीएल डिबेन्चरको सेयर उच्च गमाउने कम्पनी रहेका छन् ।
बजारसँगै कारोबार रकमपनि घटेको छ । आज २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँ बराबरको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर खरिद बिक्री भएको छ । बजारसँगे सम्पूर्ण परिसूचक राताम्मे देखिएका छन् । समूहगत उपसूचकतर्फ सबैभन्दा बढी माइक्रो फाइनान्स समूह घटेको छ । माइक्रो फाइनान्स समूह १.७२ प्रतिशतले घटेको छ । यस्तै जलविद्युत् समूह १.१६ प्रतिशत घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार