सेयर बजारले पार गर्यो २२ सयको विन्दु, ७ अर्ब माथिको कारोबार
जलसरोकार
काठमाडौं– साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक २९ अंकले बढेको छ । बिहीबार बजार २९.२१ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार परिसूचक २२०४.६१ मा कायम भएको छ । सत्ता परिवर्तन सेयर बजारमा सकारात्मक रुपमा परेको लगानीकर्ताहरु बताउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिने र उनले विश्वासको मत नपाउने देखिएपछि सेयर बजारमा यसले सकारात्मक भएको छ ।
आज १५५ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको सेयर मूल्य घटेको छ । बजारबढेपनि कारोबार रकममा भने कमी आएको छ । बजारसँगै कारोबार रकममा पनि उच्च बढोत्तरी भएको छ । आज ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबारका दिन ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । आज २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर खरिदबिक्री भएको छ । साताको अन्तिम कारोबारको दिन १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ । आज बुटवल हाइड्रोपावरको ९.९९, सिटिजन म्युचुअल फण्डको ९.९७ र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड स्टेबल फण्डको ९.८३ प्रतिशतले सेयर मूल्य बढेको छ । यस्तै समाज लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था र एनएमबी क्यापिटलका लगानीकर्ताले भने सर्वाधिक ४ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा