सेयर बजारले पार गर्यो २२ सयको विन्दु, ७ अर्ब माथिको कारोबार
जलसरोकार
काठमाडौं– साताको अन्तिम कारोबारको दिन सेयर बजार परिसूचक २९ अंकले बढेको छ । बिहीबार बजार २९.२१ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार परिसूचक २२०४.६१ मा कायम भएको छ । सत्ता परिवर्तन सेयर बजारमा सकारात्मक रुपमा परेको लगानीकर्ताहरु बताउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिने र उनले विश्वासको मत नपाउने देखिएपछि सेयर बजारमा यसले सकारात्मक भएको छ ।
आज १५५ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको सेयर मूल्य घटेको छ । बजारबढेपनि कारोबार रकममा भने कमी आएको छ । बजारसँगै कारोबार रकममा पनि उच्च बढोत्तरी भएको छ । आज ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो कारोबारका दिन ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । आज २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर खरिदबिक्री भएको छ । साताको अन्तिम कारोबारको दिन १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ । आज बुटवल हाइड्रोपावरको ९.९९, सिटिजन म्युचुअल फण्डको ९.९७ र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड स्टेबल फण्डको ९.८३ प्रतिशतले सेयर मूल्य बढेको छ । यस्तै समाज लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था र एनएमबी क्यापिटलका लगानीकर्ताले भने सर्वाधिक ४ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना