सोमबार पनि घट्यो सेयर बजार
जलसरोकार
काठमाडौं: अघिल्लो दिन ४६ अंक घटेको सेयर बजार सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक २०.६८ अंक घटेको हो ।
सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको छ । योसहित लगातार छैटौं दिन बजार घटेको छ । गत सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ ।
कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको भयो ।
अन्यबाहेक सबै सेक्टर घटे । हिमालयन रिइन्स्योरेन्सको मूल्य १.१६ प्रतिशत बढ्दा अन्य समूह ०.०८ प्रतिशत हरियो रह्यो । बैंकिङ ०.४४, विकास बैंक ०.७३, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१६, लगानी १.५१, जीवन बीमा ०.४१, उत्पादन १.१५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.६८ र व्यापार सेक्टर १.६५ प्रतिशत घटे ।
नेस्डो समृद्धि लघुवित्तको १० प्रतिशत मूल्य बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ८.७३, विन नेपाल लघुवित्तको ८.५३, स्वाभिमान लघुवित्तको ३.०२ तथा ग्रिन डेभलपमेन्टको २.५६ प्रतिशत बढ्यो । उपकार लघुवित्तको ६.९८, सिक्लेस हाइड्रोपावरको ५.८६, उन्नति सहकार्य लघुवित्तको ४.६२ प्रतिशत मूल्य घट्यो ।
नेपाल पुनर्बीमाको सबैभन्दा धेरै ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएको हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाखको भयो । एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावर क्रमशः कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य