रास्वपा जनताको आशा बोकेको पार्टी हो,असफल हुने छुट छैन : सांसद न्यौपाने
जलसरोकार
तनहुँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय ऊर्जा विभाग प्रमुख तथा तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने कुनै पनि छुट नरहेको बताएका छन् ।
रास्वपा तनहुँ जिल्ला समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले देशको ठूलो शक्तिका रूपमा उदाउँदै गरेको रास्वपामाथि जनताको आशा र भरोसा जोडिएकाले पार्टीले जिम्मेवार रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
न्यौपानेले विगतका सरकारहरू आन्तरिक विवादका कारण अपदस्थ भएको उल्लेख गर्दै वर्तमान शक्ति सन्तुलनमा पनि बाह्यभन्दा आन्तरिक चुनौती बढी रहेको टिप्पणी गरे । उनले भने, “रास्वपाको सङ्ख्या बढ्दो छ, अन्य पार्टीबाट आएकाले पुरानो स्कुलिङ त्याग्न आवश्यक छ। विगतमा राजतन्त्र र राणातन्त्र पनि आफ्नै आन्तरिक कारणले अन्त्य भएका थिए।”
उनले पार्टीभित्र सहमति र सहकार्यलाई निरन्तरता दिँदै संगठनलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको बताए । करिब ५२ लाख मतदाताको विश्वास प्राप्त गरेको रास्वपाले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने उनकाे भनाइ थियो।
कार्यक्रममा रास्वपा गण्डकी प्रदेशका प्रवक्ता शङ्कर पन्तले संगठन निर्माणमा समयको आधारभन्दा पनि एकता र क्षमता महत्वपूर्ण रहेको बताए ।
त्यसैगरी रास्वपा तनहुँका संस्थापक सभापति विकास सिग्देल, क्षेत्र नम्बर २ का संयोजक सुन्दर बस्याल, क्षेत्र नम्बर १ का सचिव शशी रूपाखेती, व्यास नगर सभापति चुडामणि दाहाल र शुक्लागण्डकी नगर सभापति हरिबहादुर खड्कालगायतले पार्टीभित्र एकता र सहकार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै