तोलामा सुनको मुल्य तीन लाख नाघ्यो
जलसरोकार
काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार २०० रुपैयाँ र चाँदी ३२० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला छ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि बुधबार एक तोला छापावाल सुन दुई लाख ९५ हजार १०० रुपैयाँ र चाँदी पाँच हजार ९२० रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार सुन दुई लाख ८४ हजार ७०० र चाँदी पाँच हजार ८८० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आइतबार सुन दुई लाख ७८ हजार ८०० र चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन दुई लाख ८२ हजार र चाँदी पाँच हजार ८१० रुपैयाँमा किनबेच भएको थियो ।
सुनचाँदी व्यवसायीहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्नु, अमेरिकी डलर कमजोर हुनु, विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता तथा केन्द्रीय बैंकहरूले सुनको भण्डारण बढाउँदै लैजानुजस्ता कारणले सुनचाँदीको मूल्यमा दबाब परेको हो । लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्य बढेको उनीहरूको भनाइ छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
मूल्य निरन्तर उकालो लागेसँगै स्थानीय बजारमा गहना खरिद गर्ने उपभोक्ता घट्दै गएका छन् भने पुराना गहना बिक्री गर्नेको सङ्ख्या भने बढ्न थालेको सुनचाँदी व्यवसायीहरूले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?