आज पनि बढ्यो सुनको भाउ, बजारमा कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य सोमबार पनि बढेको छ । आइतबार तोलामा ३ लाख ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार १ सय रुपैयाँले वृद्धि भएर ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला दिनहरूमा सुनको भाउ निरन्तर उकालोमा रहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार, बिहीबार २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ पनि बढेको छ । आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज २ सय ४० रुपैयाँ बढेर ५ हजार २५० रुपैयाँमा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ९६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । विशेषज्ञहरूले सुनको मूल्य बढ्नुमा प्रमुख कारण वैश्विक आर्थिक अनिश्चितता, अमेरिकी डलरको कमजोर हुँदै जानु र अन्तर्राष्ट्रिय बजारमा माग बढ्नु रहेको बताएका छन् ।
सुनको भाउ बढ्दा नेपाली बजारमा पनि लगानीकर्ता र सुनका व्यापारीहरू उत्साहित भएका छन् । यद्यपि, लामो समयसम्म मूल्य यति उच्च रहन सक्ने हो भन्ने विषयमा विशेषज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना