सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैँयाले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौँ : आइतबार सुनको भाउ तोलामा रु ५ हजार ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन सुनको भाउ ३ लाख ४ हजार ७ सय रुपैयाँ थियो । यसअघि माघ १५ गते सुनको भाउ तोलामा ३ लाख ३९ हजार रुपैयाँ पुगेर ऐतिहासिक उच्च स्तरमा पुगेको थियो ।
चाँदीको भाउ पनि बढेको छ। आइतबार चाँदी प्रतितोला रु ५ हजार ४२५ मा कारोबार भएको छ, जुन अघिल्लो दिनको ५ हजार ५० रुपैयाँ भन्दा रु ३७५ बढी हो। माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा पुगेको रेकर्ड छ ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, विदेशी मुद्रा दरमा उतारचढाव र घरेलु मागका कारण नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उतारचढाव हुने गर्दछ।
स्थानीय व्यापारीहरूले भने उपभोक्तालाई तत्काल आवश्यकता अनुसार मात्र सुन किन्ने सल्लाह दिएका छन्, ताकि मूल्य वृद्धिले दैनिक खर्चमा ठूलो प्रभाव नपरोस् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना