सुनको मूल्य दुई हजारले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १९ हजार रुपैयाँ कायम भएको छ। मंगलबार भने यही सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला पाँच हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मूल्य मंगलबार पनि उही रहेको थियो।
यसअघि सोमबार भने सुन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला पाँच हजार ४१० रुपैयाँमा किनबेच भएको थियो। पछिल्ला दिनमा अन्तरराष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन देखिएको व्यवसायीहरू बताउँछन् ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस करिब पाँच हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ८९ अमेरिकी डलरमा किनबेच भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना