सुनकाे मूल्य तोलामा रु १४ हजार ६०० ले बढ्यो, चाँदी कति ?
जलसरोकार
काठमाडौँ, : नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सुनको मूल्य तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदीको मूल्य पनि तोलामा रु ४१५ ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार ५०० पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ९२० कायम भएको छ।
हिजो (मङ्गलबार) सुन प्रतितोला रु २ लाख ७३ हजार ९०० मा कारोबार भएको थियो भने चाँदी रु ४ हजार ५०५ मा थियो। सोमबार सुन रु २ लाख ७५ हजार ५०० र चाँदी रु ४ हजार ४२५ मा थियो। आइतबार सुन रु २ लाख ८२ हजार र चाँदी रु ४ हजार ५४० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन करिब ४ हजार ६०० अमेरिकी डलर र चाँदी ७४ डलरमा कारोबार भइरहेको छ।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, डलरको मूल्य परिवर्तन तथा माग–आपूर्तिको प्रभावले स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा प्रत्यक्ष असर परेको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना