सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि पुस १३ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो। बजार विश्लेषकहरूले अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै मूल्यमा प्रभाव परेको बताएका छन्।
चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १९५ रुपैयाँले वृद्धि भई चाँदीको भाउ ४ हजार ८८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना