प्रतितोला २० हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि घट्दै प्रतितोला ७ हजार ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ थियो । आजको मूल्यअनुसार सुन प्रतितोला २० हजार ५०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ४४० रुपैयाँले घटेको छ ।
पछिल्ला दिनको मूल्य
महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ कायम थियो । यसैगरी, गत मङ्गलबार सुन ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि कारोबार
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यस्तै, सेतो धातु (चाँदी) एक औँस ११७ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना