प्रतितोला २० हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि घट्दै प्रतितोला ७ हजार ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ थियो । आजको मूल्यअनुसार सुन प्रतितोला २० हजार ५०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ४४० रुपैयाँले घटेको छ ।
पछिल्ला दिनको मूल्य
महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ कायम थियो । यसैगरी, गत मङ्गलबार सुन ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि कारोबार
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यस्तै, सेतो धातु (चाँदी) एक औँस ११७ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रतितोला २० हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न, कर्णालीमा गुणस्तरीय विद्युत् आपूर्तिको नयाँ युग : घिसिङ
-
एमसीसी अन्तर्गत बन्ने प्रसारण लाइन दायाँ–बायाँ संरचना र रुख रोप्न रोक
-
सुपर मादी हाइड्रोपावरको नाफा ६९ प्रतिशतले बढ्यो
-
पाँचथर पावर नाफामा, छ महिनामा २४ करोडको विद्युत बिक्री
-
भारी हिमपातले कोरलानाका ठप्प, नेपाल–चीन व्यापार प्रभावित