सुनको भाउ तोलामा १९ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौं : गएकाे साताकाे बिहीबार तोलामा १ लाख ८० हजार नाघेको सुनको मूल्य आइतबार तोलामा १ हजार ९ सय रुपैयाँ घटेको छ ।
यसअघि शुक्रबार ३ हजार ९ सय घटेको थियो ।
अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७४ हजार ५ सय रुपैयाँमा झरेको छ ।
यो दुई दिनमै सुनको भाउ प्रतितोला पाँच हजार आठ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य