सुनको भाउ तोलामा १९ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौं : गएकाे साताकाे बिहीबार तोलामा १ लाख ८० हजार नाघेको सुनको मूल्य आइतबार तोलामा १ हजार ९ सय रुपैयाँ घटेको छ ।
यसअघि शुक्रबार ३ हजार ९ सय घटेको थियो ।
अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७४ हजार ५ सय रुपैयाँमा झरेको छ ।
यो दुई दिनमै सुनको भाउ प्रतितोला पाँच हजार आठ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव