सुनचाँदीको मूल्य लगातार उकालो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रम जारी छ। मङ्गलबारको तुलनामा आज बुधबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार २ सय ९० रुपैयाँ पुगेको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँ र चाँदी ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि गत सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ र चाँदी ५ हजार २ सय ५० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार ६० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना