नयाँ वर्षको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौं : नयाँ वर्ष २०८३ को पहिलो दिन मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले वृद्धि भएको हो ।
गत मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ रहेको थियो, जसको तुलनामा पछिल्ला दिनहरूमा लगातार वृद्धि देखिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत मंगलबार चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ थियो।
विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र माग–आपूर्तिको असन्तुलनका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य बढेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना