सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौं : अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो। त्यसयता मूल्यमा उतारचढाव देखिए पनि पछिल्लो वृद्धि पुनः बजारमा चहलपहल बढ्ने संकेतका रूपमा लिइएको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँ बढेर ५ हजार ७२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको परिवर्तन, अमेरिकी डलरको विनिमय दर तथा भू–राजनीतिक अवस्थाले स्थानीय बजारमा पनि प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। पछिल्लो मूल्यवृद्धिले विवाह तथा चाडपर्व लक्षित खरिदमा केही प्रभाव पार्न सक्ने भए पनि दीर्घकालीन रूपमा बजार स्थिर रहने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार