आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?
जलसरोकार
काठमाडौं : पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको छ । आज पनि दुवै धातुको मूल्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६८ हजार १०० कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला रु चार हजार ४२० पुगेको छ । दुवै धातुको यो मूल्य हालसम्मकै उच्च हो ।
गत आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ५८ हजार ३०० र चाँदी रु चार हजार १०५ मा कारोबार भएको थियो । त्यसयता सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ । सोमबार सुन प्रतितोला रु दुई लाख ६१ हजार ७०० र चाँदी रु चार हजार २३५ पुगेको थियो भने मङ्गलबार सुनमा ठूलो वृद्धि भई प्रतितोला रु दुई लाख ६७ हजार २०० र चाँदी रु चार हजार २५५ मा कारोबार भएको थियो ।
विश्लेषकहरूका अनुसार अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्यमा पनि दबाब परेको हो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२५ अमेरिकी डलर र चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लगातारको मूल्यवृद्धिले सुनचाँदीको कारोबार प्रभावित हुन थालेको व्यवसायीहरू बताउँछन् भने लगानीकर्ताहरू भने मूल्य अझै बढ्ने अपेक्षामा देखिएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना