सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?

जलसरोकार
बुधबार, पुस ०९, २०८२ | ११:५७:०५ बजे

 

काठमाडौं : पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको छ । आज पनि दुवै धातुको मूल्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६८ हजार १०० कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला रु चार हजार ४२० पुगेको छ । दुवै धातुको यो मूल्य हालसम्मकै उच्च हो ।

गत आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ५८ हजार ३०० र चाँदी रु चार हजार १०५ मा कारोबार भएको थियो । त्यसयता सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा छ । सोमबार सुन प्रतितोला रु दुई लाख ६१ हजार ७०० र चाँदी रु चार हजार २३५ पुगेको थियो भने मङ्गलबार सुनमा ठूलो वृद्धि भई प्रतितोला रु दुई लाख ६७ हजार २०० र चाँदी रु चार हजार २५५ मा कारोबार भएको थियो ।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्यमा पनि दबाब परेको हो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२५ अमेरिकी डलर र चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लगातारको मूल्यवृद्धिले सुनचाँदीको कारोबार प्रभावित हुन थालेको व्यवसायीहरू बताउँछन् भने लगानीकर्ताहरू भने मूल्य अझै बढ्ने अपेक्षामा देखिएका छन् ।

प्रकाशित मिति : बुधबार, पुस ०९, २०८२ | ११:५७:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया