सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुनचाँदीको मूल्य बढेकोबढ्यै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

जलसरोकार
बुधबार, पुस ०२, २०८२ | ११:३२:०१ बजे

 

काठमाडौँ : सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले बढेको छ भने चाँदी पनि प्रतितोला १ सय ७० रुपैयाँले महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला चार हजार ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

मङ्गलबार सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तीन हजार ८८५ रुपैयाँ थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३३० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ६५ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : बुधबार, पुस ०२, २०८२ | ११:३२:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया