सुनचाँदीको मूल्य बढेकोबढ्यै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले बढेको छ भने चाँदी पनि प्रतितोला १ सय ७० रुपैयाँले महँगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला चार हजार ५५ रुपैयाँ निर्धारण गरिएको छ ।
मङ्गलबार सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तीन हजार ८८५ रुपैयाँ थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३३० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ६५ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना