सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौँ : सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै ३ लाख ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गत सोमबार सुन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने गत माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड रहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँ बढ्दै चाँदी आज ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँमा किनबेच भएको थियो।
सुनचाँदीको मूल्यमा आएको पछिल्लो वृद्धिलाई अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागसँग जोडेर हेरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य